nepalimodels-Are you a Man Enough

Thursday, October 8, 2009

मेरो गाउँमाटाढा

मेरो गाउँमाटाढा-टाढासम्म अन्य थुप्रै गाउँहरूमाकुनै स्कुल छैनकुनै हेल्थपोस्ट छैनकुनै हुलाकघर पनि छैनर त छैन मतलब हामीलाई यस्ता सरकारी कार्यालयहरूकालागि निस्कने"खाली-सीट"को बेइमान विज्ञापनसित ।तर,एउटा थोत्रो थैलोको फेदमा मुसोले पारेको प्वालझैंमेरो देशको दक्षिणतिर छेकबाररहित एउटा खुल्ला सिमाना छ ।त्यो सीमापारिपाले/चौकीदार राख्न रूचाउने धनाढ्यहरू छन्कान्छाहरूलाई पर्खिरहेका होटलवालाहरू छन्र रोजगारीका प्रसस्त अवसरहरू पनि छन् ।मेरो पहिलो धन्यवाद आफ्नो सीमालाई खुल्ला राख्नेे हाम्रो सरकारलाई ।
मेरो गाउँमाकुनै पक्की सडक पुगेको छैनझन् गाडीहरू पुग्ने त कुरै भएन !(त्यस कारण) बिरामीहरू हेल्थपोस्टतिर लाग्दा-लाग्दैकहिल्यै नफर्किने गरीमृत्युलोकको अर्कै बाटोतिर पो लाग्न पुग्छन् !बाटो कै अभावमा यहाँबाग-बगैंचाका फल-फूलहरूबच्चाहरूले खेल्ने सस्तो भकुण्डो ब्ान्छन् र खेतबारीका अन्न-अनाजहरूघैम्पोहरूमा थुनिएर जाँड-रक्सी गन्हाउँछन् ।तर बाटोको अभावग्रस्त मेरो देशमाएउटा यस्तो बाटो पनि छ जो हामीलाईसजिलै "गोर्खा भर्ती केन्द्र" सम्म लग्छ र सपनाहरूको खोजीमा युरोप-अमेरिका पुर्याउँछ ।मेरो दोस्रो धन्यवाद यो बाटो बनाई दिने हाम्रो सरकारलाई ।
मेरो गाउँमा"परिवार-नियोजन"का असफल कार्यक्रमहरू छन्हेल्थपोस्टहरू बाहिर''चाहिएको जत्ति लानुहोस'' टाँसिएकाखाली-खाली डब्बाहरू छन् ।(फलस्वरूप) बुढेसकालमा सहारा बन्लन् भनेरउत्पादन गरिएका छोराहरू छन्यी छोराहरूको आश गर्दैख्याल-ख्यालैमा बनाइएका छोरीहरू छन् ।भन्नु नै पर्दा, डाँडा-काँडा ढाक्ने सन्तानहरू छन् यी सन्तानहरू सँग-सँगै जन्मेकाथुप्रै अभावहरू छन् ।यी सन्तानहरू सँग-सँगै आइपुगेकाथुप्रै जटिल दिन-रातहरू पनि छन् ।तर साथ-साथैयी सन्तानहरूलाई सीमापारि लाने र्सकसवालाहरू छन्हाम्रा छोरी-चेलीलाई मुर्म्बईया कोठीमा पुर्याउनेस्यालजस्ता दलालहरू पनि छन् ।मेरो तेस्रो धन्यवाद यी दलालहरूलाई रोक्न नसक्ने हाम्रो सरकारलाई ।

0 comments:


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share