nepalimodels-Are you a Man Enough

Thursday, October 8, 2009

अब लेख्दिनँ कविता
भो एहोई अब लेख्दिनँ कविताकति लेख्नु ?बोकेर सम्झना मुहानकोबगेर समुन्द्रमा बिलाएको खोलाडालीको माया सम्झन्दै न्यानोचुडिएर हुरीसँगै उडेको पातसपनामा देख्ने आफ्नो आगनबिपनामा खेप्ने मुङ्लाने कर्मजति लेखे पनि जे जे लेखे पनिआफ्नो हराएर आफू बाँचेको बेलाजुठो टपरी सोहोर्नुकै व्यथा लेख्नु पर्छहराएको मान्छेकै कथा लेख्नु पर्छखाली निन्याउरो अनुहारमाहाँसोको लेपन दलेरबिलाएर एका देशमा देश खोज्दैबिराएर देश पर्देशसँग तीतो पोख्दैभो एहोई अब लेख्दिनँ कविता
मिसिएर झ्याउरे र हिपहपदशगजा बनेको छ कानढिंडो र बर्गरको स्वादमा अलमलिएरझन् झन् लाटा न बाठा बन्दै छ जिभ्रोन बदल्न सक्छ आँखा आफ्नो श्यामश्वेत रङ्गन चिम्लन सक्छ देखेर झिलिमिली बत्तीन छाड्न सक्छ नाक यो बेश्या सहरको गन्घन भुल्न सक्छ राम साइँलीको चुल्ठोको वास्नायस्तो दोसाँधमायस्तो दोधारमाबिलौना पोखेर अस्थिर मनकोगाउँदै बेसूरा गीतलगभग बेसूराझैं गिदीलेभो एहोई अब लेख्दिनँ कविता
अस्ति देशको मीठो लेखेँहिजो पर्देशको तीतो लेखेँआज न त्यो मीठो छ न तीतो छयो नहुनुको बेस्वादमाकुन स्वादको कविता लेखौँखाली तिर्खै मार्नमात्र खै के लेखौँभो एहोई अब लेख्दिनँ कविता
कविता लेख्नलाई तथिरमा हुनुपर्छ मनतालमा हुनुपर्छ चालफुममा हुनुपर्छ मस्तिष्कखरी झरेको मादलओसिएको च्याब्रुङबजाउनु भन्नुमात्रठटाउँदाको दास्तीबजाउनेलाई भन्दाबज्नेलाई सास्तीयस्तो संकटमाखै के लेखौँ कविताबिच्चामा, राप्पाको तेसैभो एहोई अव लेख्दिनँ कविता

0 comments:


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share