खै किन होआजकाल कलम सुस्ताए जस्तो छपौठेजोरी खेल्दै दिमागि यन्त्रलाईमूर्त रुप दिन तम्सने कलमथकाई मारी रहेछकलमको जागृतिमा नयाँ जोश ल्याउनदिमागि यन्त्रलाईहावाको झोक्काले नफर्फराए पछिकलम् ,तरुणोभाशमा व्याख्यान कहाँ गर्दो रछ र ?सम्वेदनशिल खोपडिका रक्त संचारलाईसिमाना वारपार गर्दैएउटै आशनबाट हुकुमी शासनको शंखकहाँ बज्दो रहेछ र ?त्यसैलेकलमलाई झकझक्याएर नब्यूँताएब्यक्ती ,समाज र देशलाई निल्नेमुसोको रुप धारण गरीयहाँ स्यालहरुले विगविगी मच्चाउने रहेछनदूर्बल जनावरको सँगठित भिडलाईडाइनोसर झैँ इतिहाँस् बनाउने रहेछन यहाँअब पनि कलमलाई दिमागले रदिमागलाई मनले सम्बेदन बनाइएन भनेभोली यहाँ,निर्धो ब्यक्ति, अशिक्षित समाज र गरीब देशलाईभूरा माछा, ठूलो माछाको आहारा भए झैंनाम निशाना नै नरहने गरी मेटाईदिन के बेर ?कोही आँखा खोल्न प्रयास गर्ने समाजलाईदिउँसै रात पारीदिन के बेर ?त्यसै त, देशको सिमा रेखा वरपर सरी रहेछनबलियाले निर्धालाई पेली रहने छननिर्धाहरु कर्मको खेल हो भन्दैभाग्यलाई सरापी रहने छनत्यसैले ,राष्ट्र र राष्ट्रीयता भत्काउने भूतात्मालाई परास्त गर्नकलम अब चनाखो हुनै पर्छगोलीलाई माथ गर्ने शब्दका पररा छुट्नै पर्छअज्ञानताको पट्टी बाँधी अधेरो तिर धकेल्दिनेदुष्ट फटाहा षड्यन्त्रकारीलाई उजिल्याउनै पर्छ त्यसैले , अब कलम गतिशिल हुनै पर्छ
nepalimodels-Are you a Man Enough
Thursday, October 8, 2009
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment