nepalimodels-Are you a Man Enough

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, October 8, 2009

गजल
तलाउमा कमल फुल्दाको मजै बेग्लैतिमीसँगै उपवन डुल्दाको मजै बेग्लै ।
अञ्जुली भरी खुशी लिएर आएछ यो दिनमधुर मिलनमा संसार भुल्दाको मजै बेग्लै ।
मन्द मन्द छ हावा मधुर हुदै छ सूर्यगोधुलीमा तिम्रो रुप खुल्दाको मजै बेग्लै ।
तिमी ममा हरायौ, म हराँए तिमीमाएकाकार, आफैलाइ भुल्दाको मजै बेग्लै ।
प्रेमालाप छ जताततै, वल्लो छेउ पल्लो कुनातलाउको किनारामा सूर्य ढल्दाको मजै बेग्लै ।

गजल

गजल
लागेँ प्रिया मुग्लान तिर एक्लै जीवन जिउँदै गरदूधको साटो फिक्का-चिया मात्र भा’नी पिउँदै गर
पूर्णबनाई फर्किआउँला निर्लिप्त यो खल्तिलाईसङ्घर्ष का नाउहरु जङ्घारमा खियाउँदै गर
नाङ्गो आङ नन्दन सरि कुनैदिन सजाउँलाफाटेका ती चोली टाल्दै अहिलेलाई सिउँदै गर
परदेशी को अभिलाषा परितृप्त हुन्छ पक्कैझुपडीको कुना-कुना हर्षजुहार चियाउँदै गर
खडेरीले पात सुक्ला पाखाभरि आगो लाग्लाप्रतिकार मा यै आँशुले डढेलो निभाउँदै गर


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share