'मानिस' जो रहेनौ…
तिमी जब छिर्यौ सरकारमातिमीलाई ‘रैतीहरू’ले नचाहे पनिनमस्कार गरे ‘मन्त्री’का रुपमाठिकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ… हो, कवितामा तिमी मिथक निरंकुशताको अब !
के के गरेर धन-दौलत कमायौर यो बस्तिका ‘गरिबहरू’ले तिमीलाई नचाहे पनि सलाम गरे ‘साहु’का रुपमाठिकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ… हो, नाटकमा कुपात्र तिमी अब !
उद्योग खोलेपछि तिमीलाई 'मजदुर'ले नचाहे पनि ढोगे 'मालिक'का रुपमा ठिकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ… हो, तिमी भिलेन सिनेमाको अब !
जब तिमीले दियौ सहयोग'अशक्तहरू'ले नचाहे पनि तिमीलाई दण्डवत गरे ‘दाता’का रुपमा ठिकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ… हो, तिमी पीडादायी गेडा गीतको अब !
अनेक तिगडमले तिमी ‘न्यायधिश’ भयौर ‘अन्याय’मा परेकाले तिमीलाई धूप बाले न्याय'मुर्ति’का रुपमा ठिकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ… हो, तिमी ठग देवता सत्य कथाको अब !‘कविता एक डिजिटल क्यामेरा हो’ भन्ने कुराअब त तिमीले पनि अलि अलि बुझ्यौ कि ?
nepalimodels-Are you a Man Enough
Showing posts with label 'मानिस' जो रहेनौ…. Show all posts
Showing posts with label 'मानिस' जो रहेनौ…. Show all posts
Thursday, October 8, 2009
'मानिस' जो रहेनौ…
Labels: 'मानिस' जो रहेनौ…
Posted by Miss Nepali Model at 2:39 AM 0 comments
Subscribe to:
Posts (Atom)