nepalimodels-Are you a Man Enough

Friday, October 16, 2009

यसरी बनेकी रहिछन सुजाता उपप्रधानमन्त्री

शनिवार सांझ जतिबेला कोइराला निवासमा बसिरहेका कृष्णप्रसाद सिटौलालाई गिरिजाप्रसाद कोइरालाले तपाई बाहिर जानास् भनेर आदेश दिए, त्यहीवाट फेरी शुरु भयो सुजातालाई उपप्रधानमन्त्री बनाउने खेल ।
सांझ प्रधानमन्त्री माधवकुमार नेपाल त्यहां पुग्दा एमाले महासचिव इश्वर पोखरेल पनि पुगिसकेका थिए । कोइराला निवासमा पुर्व गृहमन्त्री सिटौला पनि बसिरहेका थिए । सासामयीक विषयमा कुरा हुंदै गर्दा विचमा कांग्रेस सपभाति कोइरालाले सिटौलालाई –‘कृष्ण तिमि एकछिन बाहिर जाउं त’ भने । सिटौलालाई बाहिर निकालेपछि कोइरालाले प्रधानमन्त्रीसित आफ्नी छोरीलाई उपप्रधानमन्त्री बनाउने पुरानो प्रस्ताव दोहो¥याउदैं भने–अब गर्दिनोस माधवजी, टुंग्यार्यदिनोस ढिला नगर्नोस ।’प्रधानमन्त्री नेपालले उपप्रधानमन्त्री बनाउंदा कांग्रेसकै अन्य नेताहरुवाट आउनसक्ने सम्भावित प्रतिकृयातिर संकेत गर्दै संशय ब्यक्त गरे । विरोध होला कि ? कोइराको प्रतिप्रश्न– को छन ? प्रमले भने– छन छन । कोइरालाले फेरी प्रतिवाद गरे– छैनन छैनन, सबै ठिक हुन्छ
सोमवार विहान प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारमा बोलाएर सुजातासंग एक किसिमको अन्र्तवार्ता लिए । साथमा अर्थ मन्त्री सुरेन्द्र पान्डे र प्रमका सल्लाहकार रघुजी पन्त पनि थिए । सुजातालाइ अन्र्तवार्ता लिए जस्तै गरेर सोधियो–सरकारको स्थायित्व के हो ? समझदारी कसरी बढाउने ? अब कसरी अगाडि जाने ? सुजाताले जोसिलो पाराले जवाफ दिइन–चुनावपनि हामी मिलेरै गराउने हो ।’ उनले आफुलाई उपप्रधानमन्त्री बनाउने कुरामा पार्टीभित्र पनि कसैको पनि विरोध नरहेको दावी समेत गरिन ।
सुजातालाई आफ्नो सामुन्नेमा राखेर प्रधानमन्त्रीले कांग्रेस नेता रामचन्द्र पौडेललाई फोन गरे । ‘यसमा विरोध हुन्छ पार्टीवाट, कसैको पनि समर्थन हुन्न’ पौडेलले आपत्ति जनाए । प्रधानमन्त्रीले सुशिल कोइराला, विमलेन्द्र निधि एवं हाल भारत भ्रमणमा रहेका शेरबहादुर देउवालाई फोन गरे । शुसिलवाट यस बारेमा स्पष्ट केही जवाफ नआएपनि निधिले यस्तो निर्णय गरिएमा ठुलो विरोध हुने चेतावनी दिए । प्रम नेपालले ‘आजसम्म सभापति कोइरालाले भनेको कांग्रेसभित्र सबैले मान्दै आएको र उहांले बोलाएर गर्नोस भनेपछि मैले के गर्ने रु चित्त नबुझे गिरिजा बाबुकहां गएर कुरा गर्नोस’ भन्ने प्रतिक्रिया रामचन्द्र लगायतकालाई दिए ।
आफ्नै सामुन्ने रामचन्द्रले माधव नेपालसित अब्जेक्सन गरेको थाहा पाएपछि सुजाता दौडदै आफ्ना पितासमक्ष रिर्पोटिगं गर्न पुगिन । छोरीको रिर्पोटिगंपछि गिरिजाप्रसादले दुइपटक प्रधानमन्त्री नेपाललाई फोन गरेर कसैले केही लछार्दैनन् सबै मेरो जिम्मा भो भनेपछि सोमवार दिउसो नेपाल सुजातालाई उपप्रधानमन्त्री बनाउन तयार भएका हुन । उती बेला नै राष्ट्रपति र प्रधानमन्त्रीको संवाद भयो र अपरान्ह चार वजे हतार हतारको तयारीमा सपथग्रहणका लागि सांढे ६ वजेको समय तय गरियो । र सुजाता उपप्रधानमन्त्री बनिन ।
साभार : जनआस्था

0 comments:


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share