nepalimodels-Are you a Man Enough

Saturday, October 24, 2009

के यही हो त नयाँ नेपाल (सरकार)

नेपालमा सरकार मात्रै नयाँ भएको हो कि नयाँ सरकार भनेर नामाकरण गरिएको हो भन्ने कुरा तपाईंले बुझ्नु भएको छ ?? मैले त बुझिन। के नयाँ नेपाल भनेको यही हो त जहाँ जनताले दु:ख पाइरहेका छन सरकार कानमा तेल हालेर बस्छ । जनताको सरकारको ताल यही हो त ?? के यसरी नै दु:ख पाउन तेत्रो आन्दोलन गरेर जनताले यी अहिलेका नेताहरुलाई पदमा पुर्‍याएका हुन त ।
देशमा लोड सेडिङ भैराखेको छ सरकारलाई वास्ता छैन। हप्ताको ४ घण्टा भनेर तोकिए पनि दिन म नै ४ घण्टा जान्छ । घोशित भन्दा पनि अघोसित धेरै समय लोड सेडिङ हुन्छ । फोन गरेर सोध्दा पावर नै छैन अनी कसरी दिनु , भोल्टेज नै नपुगेर हो अब पुगेको भए त दिइ हाल्थ्यौ नि भन्छन । दिनमा ११ घण्टा सम्म बत्ती जाने(लोड सेडिङ) घोषणा गरिसकेको छ प्राधिकरणले अब यस्तै छल हो भने घोशित लोड सेडिङ चाँही ११ घण्टा अनी अघोशित चाहि २४ घण्टा हुन बेर छैन
सरकारलाई किन लोड सेडिङ भयो भन्ने कुरा थाहा पनि छ । पानी कम भएर मात्र लोड सेडिङ भएको होइन । कुलेखानिमा मर्मत नगरेर ३ वटा मध्य २ वटाले मात्र काम गरिरहेको छ जस्ले गर्दा देशमा १६-१७ मेगवाट कम उत्पादन भैरहेको छ । भारतबाट महँगो शुल्क तिरेर बिद्युत ल्याउन सक्ने सरकारले किन आफ्नो देश मा भएको १ वटा मेसिन मर्मत गर्न सक्दैन ?? आफुसँग भएको स्रोत र साधनको मर्मत गरेर चलाऊन नसक्ने भएर नै भएको होला नयाँ सरकार भएको यो सरकार । जनताको मर्का पिडा नबुझ्ने भएको नै भएको होला यो नयाँ सरकार ।दु:ख बाहेक केही छैन अहिले नेपालमा तपाईं जता जानुस् तेतै पाउनु हुन्छ दु:ख तपाईं साईबर जानुस् त्यहाँ बिद्युत आपुर्ती बन्द भएको हुन्छ , तपाईं आफ्नो काम गर्न पाउनु हुन्न । तपाईं गाडी चढ्न खोज्नु हुन्छ पेट्रोल नै हुन्न । घरमा खान पकाउने ग्यास सकिएर ग्यास खोज्न जानु हुन्छ तपाईं तर त्यो पनि पाउनु हुन्न। केही पनि पाउनु हुन्न तपाईंले । तेही भएर होला नेपाल नयाँ भएको । सबै कुराको अभाबै अभाबमा बसेका छन अहिले नेपाली जनता ।
अवस्था गम्भिर हुँदा पनि केही गर्दैन सरकार । संबिधान सभा भन्दा अरु बोल्न पनि छडि सक्यो सरकार अब । सरकार नयाँ हुँदैमा , कर्मचारी सरुवा गर्दैमा समस्याको समाधान हुन्न भन्ने कुरा किन बुझिएको छैन ?? किन ?? चुनाव हुँदैमा नयाँ सरकार आउँदैमा केही नहुने रैछ भन्ने कुरा नेपाली जनताले बुज्नु पर्ने बेला आएको छ ।(यसो भन्दै मा चुनाव नै नगरने भन्न चाँही खोजेको होइन है मैले )
चुनाव चुनाव भन्यो बस्यो। चुनाव भन्दैमा देशमा केही राम्रो काम गर्नु हुन्न त ??

0 comments:


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share